बालुवाको ढिस्कोले पुर्दा पूर्वखोलामा २ जनाको मृत्यु

भुवन सिंजाली
प्रकाशित : २०७७ फागुन ८ गते १८:३४

बालुवालेे पुर्दा पुर्वखाेलामा २ जनाकाे ज्यान गएको छ। पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर बाेलिपाेखराकाे बालुवा खानिमा बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्काे खस्दा एक जनाकाे घटना स्थल र एक जनालाई उपचारकाे लागि देविनगरकाे मेडिकल लैजाने क्रममा बाटोमै मृत्युु भएको हाे। मृत्यु हुनेमा १३ वर्षिय पवित्रा सारु र ३६ वर्षिय माया देवि सिङ सारु रहेका छन्। स्थानीयकाे घर बनाउन सहयोगका लागि बालुवा खन्न ९ जनाकाे टाेलि बालुवा खानिमा बालुवा खन्दा ढिस्काे खसेर ५ जनालाई पुरेको थियो । तीन जनाकाे खुट्टा मात्र पुरेकोले निकाल्न सकियाे भने दुई जनालाई नदेखिने गरेर पुरेकोले खाेजतलास गर्दागर्दै मृत अवस्था भेटिएको सङ्गै काम गरेका मायादेवि सिङ्जालिले बताउनु भएको छ । मृतकलाई अावश्यक रिपाेट लिएर पोस्टमाटमकाे लागि जिल्ला अस्पताल पाल्पा पठाएको पूर्वखाेला प्रहरी चाैकिले जानकारि गराएको छ । माया देवि सिङ सारु मातृभूमि मा.वि. देविनगरकाे इङलिस ब्लकमा पढाउने र पवित्रा सारुमातृभूमि मा वि काे कक्षा ८ मा पढ्ने विद्यार्थी हुन ।


प्रकाशित : २०७७ फागुन ८ गते १८:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology