नेपाल रेडक्रस सोसाइटी को ४३ औं बार्षिक साधारण सभा तानसेनमा ।।

कृस्ण पंगेनी
प्रकाशित : २०७७ चैत ७ गते २२:१८

नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय पाल्पा को साधारण सभा नेपाल रेडक्रस सोसाईटी नेपाल रेडक्रस सोसाईटी पाल्पा जिल्ला सभापति बुद्धि प्रकास शर्मा को सभापतित्वमा बसेको कार्यक्रमको   प्रमुख अथिति पाल्पा जिल्ला न्यायाधीश खड्क बहादुर केसी को प्रमुख आतिथ्य मा सन्चालन भयको साधारण सभा मा आफ्ना शुभकामना मन्तव्य व्यक्त गर्दै रेडक्रसका सात आधारभूत सिद्धान्त अनुसार अगाडि बढ्नु पर्ने कुरा मा जोड दिनुभयको थियो । तानसेन नगर प्रमुख अशोक कुमार शाही रेडक्रस ले गरेको कामको प्रसंशा गर्दै शुभकामना व्यत्त गर्नु भएको थियो ।  साधारण सभा मा रेडक्रस स्थापना काल देखि हालसम्म बिशिष्ट अवस्थामा रहि सेवारत महानुभावहरुलाई सम्मान लगायतका कार्यक्रम रहेको थियो ।
पाल्पा जिल्ला भित्र का १८ वटा उपशाखा हरु वाट ३/३ जनाको उपस्थित रहेको साधारण सभा खुल्ला सत्र सम्पन्न पछि बन्द सत्र गरि बिभिन्न बार्षिक प्रतिवेदन पारित गरि सम्पन्न भएको छ ।
४३ औं बार्षिक साधारण सभाको अवसरमा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय पाल्पा का पुर्व सभापति पुर्णमाया महर्जन, गोरखदल गणपति जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख, वरिष्ठ पत्रकार पत्रकार सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ पाल्पा सभापति, स्वास्थ्य कार्यालय पाल्पा प्रमुख हरूले साधारण सभा को सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
साधारण सभा नेपाल रेडक्रस सोसाईटी जिल्ला उपकोषाध्यक्ष पुष्करराज रेग्मी को स्वागत मन्तव्य तथा जिल्ला कोषाध्यक्ष भिमसेन कार्की को संचालन मा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ चैत ७ गते २२:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology