देवीनगरमा हाते ट्याक्टर वितरण

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ चैत २५ गते २०:०१

चैत २५,देवीनगर

पाल्पाको पुर्वखाेला गाउँपालिका,कृषि शाखाले वडा नं.-३,देविनगर वडामा हाते ट्याक्टर वितरण गरेको छ।पुर्वखाेला गाउँपालिकालाइ कृषि क्षेत्रमा उत्पादन बढाउने र व्यवसायीक बनाउने उद्देश्यले हाते ट्याक्टर वितरण गरेकाे गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभयो ।गाउँपालिकाकाे ५० प्रतिशत अनुदानमा र कृषकको ५० प्रतिशत लगानीमा प्रति ट्याक्टर रु ३५ हजार पर्ने गरि यस वर्ष ६६ वटा र देविनगर वडामा मात्र १४ वटा ट्याक्टर वितरण गरेको हाे।गाउँपालिकाले दुई वर्ष अगाडि ५४ वटा हाते ट्याक्टर वितरण गरेको कृषि शाखाका प्रमुख सन्ताेष कँडेलले जानकारी दिनु भएकोछ। गाउँँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत ज्ञानु प्रसाद पनेरुले अदुवा,काेदाे,मकै एक स्थानीय तह एक उत्पादन कार्यक्रममा गरि थप ३४ वटा ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । ट्याक्टर वितरण कार्यक्रममा बाेल्नु हुदै देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले ट्याक्टर सहि तरिकाले प्रयोग गरि कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै व्यवसायीक बनी आर्थिक आयआर्जन गर्न सल्लाह सुझाव दिनु भएको छ।ट्याक्टर पाउने कृषक गङ्गा देवि गाहाले गाउँपालिकालाई धन्यवाद दिनुहुँदै अनुदानमा हाते ट्याक्टर पाए पछि खेतबारी खनजोत गर्न गाेरुकाे विकल्प हुनुका साथै छिटो छरितो रुपमा जुनसुकै ठाउँमा लैजान मिल्ने,महिलाले पनि जाेत्न सकिने हुदाँ समयको बचत,पैसा आर्जन र कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित : २०७७ चैत २५ गते २०:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology