छिमेकी लघुवित्त वितिय संस्था साखा कार्यलय रामपुरले सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री प्रदान ।।

रमा भण्डारी
प्रकाशित : २०७८ जेठ ८ गते २१:१६

छिमेकी लघुवित्त वितिय संस्था साखा कार्यलय रामपुरले सुरक्षाकर्मिलाई स्वास्थ्य सामाग्री प्रदान ।
जेठ ८ रमा भण्डारी रामपुर पाल्पा

छिमेकी लघुवित्त वितिय संस्था साखा कार्यलय रामपुर पाल्पाले विश्व भरी फैैलिएको नया भेरीयन्ट सहितको कोरोना भाइरस कोभिड १९ को यो विषम परिश्थितिमा अग्रभागमा रहेर काम गर्नै सुरक्षाकर्मिलाई एक कार्यक्रमका विच स्वास्थ्य सामाग्री प्रदान गरेको छ । शाखाले अग्रभागमा जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मिलाइ माक्स सेनिटाइजर साबुन लगायतका ४हजार ५ सय रुपैया बराबरको सामाग्री प्रदान गरेको हो ।
शाखाले इलाका प्रहरी कार्यलय रामपुर ,दामाचौर प्रहरी विट चापाकोट स्याङजा र साँखर प्रहरी चौकी लाइ गरी स्वास्थ्य सामाग्री शाखाका प्रमुख शंकल्प लामिछानेले प्रदान गर्नु भएको हो । शाखाका प्रमुख लामिछानेले सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरी सामाग्री प्रदान गरेको हो । यस्तो जोखिम को समयमा स्वास्थ्य सामाग्री प्रदानगरेकोमा छिमेकी लघुवित्त वितिय संस्थालाई इलाका प्रहरी कार्यलय रामपुर पाल्पाका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले धन्यबाद दिनुभएको हो ।


प्रकाशित : २०७८ जेठ ८ गते २१:१६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology