पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा थप,निर्णयहरु यथावत

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ साउन ३२ गते २२:२६

पाल्पा,३२ साउन

पाल्पाको निषेधाज्ञा आगामी भदौ १२ गते सम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा यस अघिका निर्णयहरुलाई नै यथावत राखिएको छ ।

यस अघिको व्यवसायहरु विहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय यथावत राखिएको छ । यस्तै बैठकले अन्य सार्वजनिक सवारी साधनहरु समेत सञ्चालन गर्ने, अत्यावश्यक बाहेक घर बाहिर निस्कन नपाइने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ ।

 

यस्तै होटल तथा रेष्टुरेण्डहरु विहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । जात्रा, महोत्सव, सभा, सम्मेलन, गोष्ठी, विवाह, ब्रतबन्ध, तथा अन्य धार्मिक, सामाजिक कार्यमा भीडभाड गर्न रोक लगाइएको छ ।
पाल्पामा गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ ।

 

पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो । निषेधाज्ञा खुकुलो भएसँगै अहिले मानिहरुको चहलपहल बढ्दै गएको छ । पाल्पामा आईतबार मात्रै दुई सय जनामा कोरोना पुष्टी भएको थियो ।


प्रकाशित : २०७८ साउन ३२ गते २२:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology