कांग्रेसले सकायाे ३५ जिल्लाकाे वडा अधिवेशन

Kandara News
प्रकाशित : २०७८ भदौ १८ गते २०:१०

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशनको पहिलो खुड्किलोको रुपमा स्थानीय तहका अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार आज ३५ जिल्लामा वडा तहको अधिवेशन भएको सो पार्टीले जनाएको छ । मतदान भएका जिल्लाबाट आज रातिसम्ममा नतिजा आउने देखिएको छ । आज पहिलो दिन ३५ जिल्लामा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।

कांग्रेसका अनुसार ३५ जिल्लामा भएका अधिवेशनमा नेता कार्यकर्ताको चहलपहल देखिएको थियो ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहको अधिवेशनमा उत्साहजनक सहभागिता देखिएको बताउनुभयो । धेरैजसो स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । केहि जिल्लामा मतदान भएकाले रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने प्रवक्ता शर्माको भनाइ छ ।

 

विभिन्न जिल्लामा पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रिय नेताहरु खटिएका थिए । सदस्यता विवादका कारण प्रदेश–२ को आठवटै जिल्लामा निर्धारित तालिका अनुसार आज वडा अधिवेशन हुन सकेनन् । सदस्यताको विवरण सार्वजनिक भएको ५६ जिल्ला मध्ये अधिवेशन हुन बाँकी जिल्लामा भदौ २१ र २३ गतेका लागि मिति तय भएको छ । अधिवेशनबाट वडा सभापति सहित पदाधिकारी र सदस्यहरु तथा क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । २१ जिल्लाको क्रियाशील सदस्यता विवरण अझै पार्टीले वेबसाइटमा सार्वजनिक गरिएको छैन ।

 

 


प्रकाशित : २०७८ भदौ १८ गते २०:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology