पाल्पामा एकीकृत समाजवादीको पक्षमा एक जनाको मात्रै सनाखत

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ २२ गते २३:२५

तानसेन पाल्पा, भदौ २२/ नेकपा एमाले बिभाजन भएर बनेको नयाँ दल नेकपा एकिकृत समाजवादीमा पाल्पाबाट १ जना जनप्रतिनिधीले मात्रै सनाखत गरेका छन।

जिल्लाकाे रम्भा गाउँ पालिकाका १ जना जनप्रतिनिधीले मात्रै नेकपा एमालेबाट नेकपा एकिकृत समाजवादीमा सनाखत गरेकोे जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा रम्भा गाउँपालिका वडा न ५ का सदस्य इश्वरी श्रेष्ठले नेकपा एमाले छाेडेर नेकपा एकिकृत समाजवादी राेजेका हुन।

श्रेष्ठले समाजवादी राेजेपछी माधव नेपालका सम्धी साेम प्रसाद पाण्डेको गृह जिल्लामा नेकपा एकिकृत समाजवादी निल हुनबाट जाेगिएकाे छ।

पाण्डे भने निर्वाचन आयाेगमा समयमा सनाखत गर्न नपुगेका कारण एकिकृत समाजवादीमा सनाखत गर्नबाट बन्चित भएका छन्।


प्रकाशित : २०७८ भदौ २२ गते २३:२५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology