जनसेवा युवा समुहको अध्यक्षमा तुल्सा बस्याल निर्वाचित ।।

माधव पाण्डे
प्रकाशित : २०७८ असोज २३ गते २१:४६

पूर्वखोला २ जल्पा मा रहेको जनसेवा युवा समूह जल्पा को १५ औं साधारण सभा तथा ९ औँ अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष मोहन बहादुर रखाल ले संस्थाको प्रगति प्रतिवेदन सुनाउँदै युवा स्वरोजगार हुने खालको भावी योजना समेत पेश गर्नु भयो। संस्थाका कोषध्यक्ष माया रानाले २ लाख ४६ हजार ५ सय ३९ रूपियाँ बराबरका बार्षिक आयव्यय विवरण पेश गर्नु भयो। कार्यक्रमका विशिष्ट अतिथि गैरसरकारी महासंगका राजेन्द्र लक्ष्मी गैरे , लाइन्स क्लब अफ पाल्पाका खेम सारुले कुनै पनि युवा आत्म निर्भर ,व्यावसायिक बन्नको लागि लक्ष्य निर्धारण गरेर अगाडि बढ्नु पर्छ भन्नु भयो । त्यस्तै गरी शुभ सन्देश महिला कृषि सहकारी संस्थाका चनद्री सरा राखाल समाज सेवी वडा अध्यक्ष निर बहादुर सारु लगाएतले शुभकामना दिनु भयो। अधिवेशले तुल्सा बस्याल को अध्यक्षतामा १३ जना कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा माया राना, सचिवमा श्रिधन कवर, सहसचिवमा शेर बा सारु, कोष अध्यक्षमा पदम दर्लामी, चुनिनु भएको छ।


प्रकाशित : २०७८ असोज २३ गते २१:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology