पोखरीछापमा प्रथम कालिका महोत्सव हुँदै,चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने ।

अमृत काम्मु मगर
प्रकाशित : २०७८ पुष ८ गते १९:२३

पौष ८,वीरकोट

पाल्पा।पुर्वखोला गाउँपालिका-५,पोखरीछापमा यहि पौष १३ र १४ गते प्रथम कालिका महोत्सव तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
यहाँ रहेको कालिका युवा क्लवको २९ अौं वार्षिकोत्सबको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जसु रुचालले बताउनुभयो । सो अवसरमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरुको प्रस्तुतिका साथै स्थानिय संस्कृति एवं परिकारहरुको विशेष प्रदर्शनी समेत रहेको आयोजकले बताएको छ । उक्त अवसरमा साविक वडास्तरिय पुरुष भलिबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम,द्वितीय र तृतीय हुने समुहले क्रमश: रु. २५ हजार,१५ हजार र १० हजार नगद साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने महिला भलिबलको विजेता टिमले आकर्षक नगद पुरस्कार पाउनेछन् । आगामी पौष १० देखि १२ गतेसम्म भलिबल प्रतियोगिता सकिएपछि १३ र १४ गते सांस्कृतिक कार्यक्रम हुने पुर्वखोला-५,वीरकोटका वडा सदस्य तथा स्थानीय बुद्धिजीवी याम सारुले बताउनुभयो । सो कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु खेम सेञ्चुरी,जमुना राना,खड्ग बहादुर पुन (खबपु),अमृता नेपाली,डोलराज बारघरे,मेक सारु,धनमाया दिसुवा,यान प्रसाद न्यौपाने,लक्ष्मी राना,बसन्ती सुनारी,दिपक दर्लामी तथा मोडल तथा नायिका सिर्जना मश्राङ्गी (थापा) लगायतको प्रस्तुती रहने सांस्कृतिक संयोजक मेक सारुले बताउनुभयो । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।


प्रकाशित : २०७८ पुष ८ गते १९:२३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology