रामपुर नगरपालिकाकाले बजारलाई व्यावस्थीत गराउन अनुगमन गर्यो ।

रमा भण्डारी
प्रकाशित : २०७८ पुष १८ गते १८:३२

रामपुर नगरपालिकाकाले बजारलाई व्यावस्थीत गराउन अनुगमन गर्यो ।
पौष १८ रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका रामपुर पाल्पाले आइतबार रामपुर बजारको अनुगमन निरिक्षण गरको छ । रामपुर नगर पालिकाका उप प्रमुख विष्णुदेवि घिमिरे आचार्यको संयोजकत्वमा प्रसासन अधिकृत युवराज पन्थी, ,इलाका प्रसाशनका प्रतिनिधि टंकनाथ घिमिरे, इलाका प्रहरी कार्यलयका प्रमुख भिम बहादुर कार्की ,रामपुर उद्योगबाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकाल , नगरपालिका स्वास्थय शाखा प्रमुख गिरीराज घिमिरे पत्रकार लगायतको टोलीले आइतबार रामपुर बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा धेरै जसो पसलले अहिले सम्म स्थानिय तहमा दर्ता नगरेको ,दर्ता गरेकोमा नविकरण नगरेको ,पाइएको अनुगमन संयोजक आचार्यले बताउनु भएको छ । अनुगमनमा संयोजक आचार्यले अव रेडियो मार्फत सुचना जारी गरी व्यापारीेले सुचना गर्दा पनि अटेर गरी सडकका सामान नहटाएमा सडकमा राख्ने सामान नगरपालिकाले उठाउने समेत जानकारी गराउनु भएको हो ।
बेझाड बजारका विभिन्न होटलहरुमा भएको अनुगमनमा मुल्यसुचि टास नगरेको,भान्सामा अत्याधिक दुरगन्र्ध भएको ,र बजार क्षेत्रमा सटर भन्दा बाहिर सडकमै पसलका सामाग्री राखेको पाइएको हो । अनुगमनका क्रममा व्यापारीहरुलाइ लिखित रुपमा अनुगमनमा सहभागिको हस्ताक्षरित पत्र समेत व्यापारीलाइ जानकारीका लागि प्रदान गरेको हो । टोलीले अव भोलि देखि सडकमा सामान नराख्न ,दर्ता नभएकाहरुलाइ तत्काल दर्ता गर्ने निर्देशन दिएको छ । अनुगमनका क्रममा किरानाका पसाल,स्टेशनरी ,होटल,फेन्सी पसल ,मदिरा पसल लगायतका एक दर्जन वढि पसलको अनुगमन गरेको स्वास्थ्य साखा प्रमुख गिरिराज घिमिरेले बताउनु भएको छ ।


प्रकाशित : २०७८ पुष १८ गते १८:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology