अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २३औंं स्थापना दिवस कार्यक्रम सम्पन्न ।।

रमा भण्डारी
प्रकाशित : २०७८ पुष २० गते २१:३९

रामपुर पाल्पा,पौष २०
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २३औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना राष्ट्रिय सहकारी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपाल रहनु भएको थियो । कार्यक्रमका मुख्य पाहुना राष्ट्रिय सहकारी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेपालले अहिले नेपालमा २९ हजार ८ सय ८६ सहकारी भएको बताउँदै अन्धकार मुक्ती बचत तथा ऋण सहकारी संस्थाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले संस्थाले सबै आर्थिक कारोबार आधिकारीक गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघ,लुम्बिनीका महासचिव ऋषिराम सापकोटाले बोल्दै २०५५ साल स्थापना भएको संस्थाले छोटो अवधीमै पाल्पा जिल्ला भरि नै सेवा विस्तार गर्न सफल भएकोमा खुशि व्यक्त गर्नुभयो । संस्थाले ४ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएको छ ।

संस्थामा अहिले ९ हजार सात सय १७ जना शेयर सदस्य आबद्व भएका छन् भने सस्थाले २३ बर्षको अवधीमा १ अर्ब २६ करोडको कारोबार गर्दै आएको छ । कार्यक्रममा पुर्व अध्यक्ष तिर्थ प्रसाद पङ्गेनि,संस्थाका सल्लाहकार शुकदेव पोखरेल,दयाराम भट्टराई , नेत्र प्रसाद भट्टराई,भोजेन्द्र प्रकाश ढकाल, लेखनाथ पोखरेल , दुर्गा प्रसाद भट्टराई ,मनोरथ भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न शिर्षकमा ४१ जना शेयर सदस्यहरुलाई पुरस्कृत गरेको थियो । संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौड्यालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने स्वागत संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको हो । संस्थाका सह-सचिव यमप्रसाद श्रेष्ठले धन्यबाद दिनुभएको कार्यक्रमको संचालन संस्थाका सचिव ओमप्रकास बस्यालले गर्नुभएको थियोे ।


प्रकाशित : २०७८ पुष २० गते २१:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology