माथागढी गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न

माया बस्याल
प्रकाशित : २०७८ माघ १ गते १०:००

पाैष ३० , झडेवा,पाल्पा
माथागढी गाउँपालिकाकाे दशाैं गाउँसभा सम्पन्न भएको छ ।कार्यक्रम समापन समारोहमा बाेल्दै सभाध्यक्ष सन्तोष थापाले गाउँपालिकाले शुरु गरेका कामहरु सम्पन्न गर्न आईपरेका समस्या र चुनौतीहरुको चर्चा गर्दै स्थानीय सरकारले आफ्नो पक्षबाट गर्नुपर्ने कार्यलाई निरन्तर रुपमा लागिएको उल्लेख गर्नुभयो । उहाँले कर्मचारी अभावमा पनि नागरिकहरुको कार्य नराेकीएकाे,सेवा प्रवाहमा सकेसम्म छिटोछरितो र नागरिकहरुको समस्या समाधान गर्नका लागि तत्परता देखाएको समेत बताउनुभयो । अध्यक्ष थापाले सञ्चारकर्मी तथा पत्रकारले समेत पालिकाको कामहरु प्रचार गर्ने,कमीकमजोरीमा सल्लाह सुझाव र खबरदारी गरेर सूचनाको पाटाेमा सहयोग गर्नका लागि अनुराेध गर्नु भएको थियो ।
सभा सदस्य एवं गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले माथागढी गाउँपालिकाकाे विनियोजन ऐन २०७८/०७९ लाई संशोधन गर्न गाउँसभामा प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
गाउँसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभा सचिव दिनेश ज्ञवालीले गाउँपालिकाबाट सञ्चालित कार्यक्रमहरु तथा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ज्ञवालीले हालसम्म चालू बजेट तर्फ कुल रु.३० करोड ९७ लाख ४९ हजार मध्ये रु.९ करोड ७१ लाख ७९ हजार ६७८.०८ र पुँजीगत बजेट तर्फ कुल रु.२४ करोड ७३ लाख ४६ हजार मध्ये रु. १ करोड ८३ लाख ९७ हजार ८००.४२ खर्च भएको बताउनुभयो ।
सभामा जग्गादाता , उत्कृष्ट शिक्षक , उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट पत्रकार , सेवा निवृत्त प्र.अ.,विद्यालयका उत्कृष्ट शिक्षक, लगायतलाई करुवा, नगद पुरस्कार , फूलमाला,टीका,खादा सहित सम्मान गरिएको थियोे ।
कार्यक्रममा सेवा निवृत्त शिक्षककाे तर्फबाट रामप्रसाद अर्याल , सम्मानित शिक्षकहरू तर्फबाट राजन अधिकारी ,जग्गा दाताहरूको तर्फबाट बालकृष्ण जि.सि.,नेपाल पत्रकार महासंघ,पाल्पाका अध्यक्ष रेखिराम राना, उपाध्यक्ष भरतराज शर्मा , लगायतले शुभकामना मन्तव्य राख्दै गाउँपालिकाले गरेको उत्कृष्ट कार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको थियोे ।


प्रकाशित : २०७८ माघ १ गते १०:००


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology