निस्दी,पाल्पा / १८ माघ २०७८ । रनगुवा कपको उपाधी निस्दी गाउँपालिका वडा नम्बर-१,बाकामलाङ्ग,पाल्पाले हात पारेको छ ।
रनगुवा खेलकुद समाज निस्दी-६,रनगुवा,पाल्पाको आयोजनामा सन्चालन भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक टीम उपबिजेता भएको हो । जम्मा १४ समूहको सहभागिता रहेको खेलमा गल्धा राइकोटले तृतीय स्थान हासिल गर्यो । बिजयी प्रथम,द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ३५ हजार,२५ हजार र १५ हजार रुपैयाँ,ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रम समाजका अध्यक्ष लाल बहादुर बयम्बुको अध्यक्षतामा र जापानीज नागरिक समाजसेवी काजुमासा कामीमी (ओके बाजे) को प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
खेल संयोजक तारा बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको पुरस्कार वितरण कार्यक्रमको सन्चालन सचिब लिलाराम राईले गर्नुभएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७८ माघ  १८ गते १७:२१
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment