देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने विद्यालय कर्मचारीको घोषणा

Kandara News
प्रकाशित : २०७९ भदौ ११ गते २१:१६

नेपाल विद्यालय कर्मचारी परिषदले यही भदौँ १२ गतेदेखि देशभरका सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेको छ।

सरकारले माग सम्बोधन नगरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म देशभरका सामुदायिक बन्द गर्ने कर्मचारी परिषदले घोषणा गरेको हो। कर्मचारी परिषदले अन्य आन्दोलनका कार्यक्रमहरु
भाद्र ९ गते विरोध र्‍याली प्रदर्शन खुल्ला मञ्चदेखि माइतीघर मण्डलासम्म गरेको थियो ।१० र ११ गतेसम्म डिजिटल आन्दोलन र १९ गतेको दिन काठमाडौंमा बृहत प्रदर्शन गर्ने कर्मचारी परिषदले प्रेस विज्ञप्ति जारी गरि जनाएको छ।

​यसअघि पनि कर्मचारीहरुले विभिन्न आन्दोलन गरिसकेका छन्। विद्यालय कर्मचारी सहायक(लेखापाल)हरुका लागि ३४ हजार ७३० तलब कायम हुनुपर्ने ।

विद्यालय सहयोगीहरूका लागि २४ हजार २१० तलब कायम हुनुपर्ने,संघीय शिक्षा ऐन शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गरिनु पर्नेलगायत उनीहरुको माग रहेको छ ।


प्रकाशित : २०७९ भदौ ११ गते २१:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology