हात्तिलेकको काखमा रहेको सानो गाउँ छिस ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ पुष १२ गते २०:४९

हात्तिलेकको काखमा रहेको सानो गाउँ ।
अत्यन्तै सम्भावना बोकेको पशुपालन र पर्यटकिय रमणिय सहरी र कोलाहल मुत्त वातावरण मा रहेको सानो गाऊ । जहा अझै पनि मौलिक परम्परा , पुरानै शैलिका घर । जनजिवन सामान्य । छिस । पूर्वखोला गाउँपालिका वडा न -१ अन्तर्गत पर्ने मा एउटा सानो गाउँ हो छीस । झट्ट हेर्दा झुरूप्प जंगल तथा पाहडले ढाकेको कतै बाट नदेखिने गाउँ हो । पूर्वखोलाको सान पर्यटकिय क्षेत्र ,अग्लो चुचुरा हात्तिलेकको काखमा पर्छ छिस ।

थापा , राना र कंवर थरको बसोबास रहेको त्यो गाउँमा करिब १९ घरको वसोबास रहेको छ । भौगोलिक विकटता का कारण केही परिवारहरू तल बेसि बसाई सरेर गएको बताउछ्न स्थानिय बासिहरु । स्थानिय स्तरमै संचालन भएको पुस्प स्मृति विद्यालय हाल बेसि मै कक्षा ३ सम्म संचालनमा रहेको छ ।स्थानिय स्तरमा संचालनमा रहेको विद्यालय हाल दरवन्दी स्विकृत पाई संचालन भई रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद ढुङ्गाले बताउनु भयो । हात्तिलेक को काखमा रहेको छिस गाउँ

कक्षा ३ उत्तिर्ण गरेपछि शिक्षा लिनको लागि करिब १ घण्टा ३० मिनेट वढी समय लगाई कक्षा ४ पढ्न उद्बुद्ध मा वि आउने गर्दछन । भौगोलिक दुरि टाढा भए पनि यहाका बालबालिका निकै लगनशील ,अनुशासित र अध्यनशिल रहेको बताउनु हुन्छ उद्बुद्ध मा वि का शिक्षक सुशील न्यौपाने ।

सानो गाउँ अधिकाशं घरको छाना खरको रहेको छ । गाउँपालिकाले नियमित अनुदान अन्तरगत खर्को छानो विस्थापित गर्ने अभियान अन्तर टिनको छानोको चरणबद्ध रुपमा लागू हुने बताईएको छ । यो गाउँमा सडक संजाल भने देखिदैन तर पूर्वखोला ज्यामीरे सडक खण्ड बाट करिब आधि घण्टा उकालो हिडेपछी सानो गाउँ छिस पुग्न सकिन्छ । गाउँमा केही बर्ष अघि मात्र विद्युत विस्तार भएको छ । सामान्य जिवनशैली । पशुपालनको प्रशस्त सम्भावना बोकेको छ छिस ।

खेतियोग्य जमिन कम भए पनि पशुपालनलाई आधुनिकिकरण गर्न सकिएमा अार्थिक दृष्टिकोणले राम्रो रहेको छ । छिस गाऊलाई होम स्टे का रूपमा संचालन गर्न सके पर्यटकिय सम्भावना पनि बोकेको छ ।।
टिपिकल ग्रामिण ईलाका ,रमाईलो बस्ति छिस । हात्तिलेकको काखमा रहेको पूर्वखोलाको कान्छो विद्यालय


प्रकाशित : २०७९ पुष १२ गते २०:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology