उद्योग बाणिज्य संघ रामपुर पाल्पाले माघ २७ देखि फागुन ८ सम्म  तेस्रो रामपुर महोत्सव गर्ने ।
पौष २२
रामपुर उद्योग बाणिज्य संघ रामपुरले आज पत्रकार भेटघाट तथा महोत्सवको मिति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले पत्रकार भेटघाट कार्यक्रममा माघ २७ गते देखि फागुन ८ गते सम्म रामतुलसी विद्यालयको खेलमैदानमा तेस्रो रामपुर महोत्सव गर्ने मिति पत्रकार माझ सार्वजनिक गर्नु भएको छ । ढकालले  महोत्सव संचालन गर्ने अध्यक्ष संयोजक रहेको १ सय ५१ सदस्सीय मुल आयोजक समिति र २८ वटा उप समिति संयोजक रहेको समिति निर्माण गरेको जानकारी गराउनु भएको  छ । महोत्सवमा विभिन्न स्थानिय कृषि प्रर्दशनि गण्डकी तटिय पालिकामा रहेको धार्मिक तथा पर्यटकिय स्थलकोप्रचार प्रसार  ,  कुटिर उद्योगलाइ प्राथमिकताका साथ प्रचार प्रसार यस्तै यस क्षेत्रका कला संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ आज महोत्सवको मिति सार्वजनिक कार्यक्रम गरेको हो ।
 पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रुद्र नारायण श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा सहभागि पत्रकार महासघ उपाध्यक्ष सृजना घिमिरे ,दुर्गेस मल्ल ,पत्रकार शुशिला रेग्मी ,पृथ्वी टेलिभिजनका प्रवन्धक कृष्ण पौड्याल मुस्कान ,पत्रकार सिता डोटेल , पत्रकार रमा भण्डारी , नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्की लगायतले महोत्सवको विभिन्न विषयमा जिज्ञाशा राख्नु भएको थियो । सहभागि पत्रकारले राखेका जिज्ञाशा संस्थाका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेटाउनु भएको थियो । महोत्सवबाट सस्थाले  आफ्नो सुविधा सम्पन्न भवन निर्माण गर्ने तथा यहाका स्थानिय कला संस्कृति यहाका पर्यटकिय तथा धामिक स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव हुन लागेको भन्दै प्रविधिलाइ कलमको माध्यम बाट प्रयोग गरी भरपुर प्रचारप्रसार गरिदिन पनि पत्रकारहरुलाइ अध्यक्ष ढकालले अनुरोध गर्नु भएको छ । कार्यक्रममा बाणिज्य उपाध्यक्ष विष्णु बहादुर सारुले कार्यक्रमको समापन गर्नु भएको कार्यक्रमको संचालन रामपुर उद्योग बाणिज्य संघ रामपुरका प्रेस सल्लाहकार बासुदेव ढकालले गर्नु भएके हो । कार्यक्रम सस्थाको आफ्नै कार्यलयको सभाहलमा भएको हो ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७९ पुष  २२ गते २२:३०
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment