निस्दीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि राधाकृष्ण माविलाई

होम राई मगर
प्रकाशित : २०७९ माघ १६ गते १९:५३

पाल्पा / १६ माघ । निस्दी गाउँपालिका पाल्पामा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङ्गले हात पारेको छ ।

माघ १४ गते देखि मित्यालको खेलमैदान झ्याल्टुङ्गमा सन्चालन भएको प्रतियोगिता राधाकृष्ण माविले ८ स्वर्ण,१ रजत र १ कास्य गरी जम्मा १० पदक सहित उपाधि हात परेको हो । यसैगरी ६ स्वर्ण, ६ रजत र ५ कास्य गरी जम्मा १७ पदक सहित सरस्वती माध्यमिक विद्यालय गल्धा उपबिजेता बनेको छ भने बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण, ७ रजत र ४ कास्य गरी जम्मा १५ वटा पदक प्राप्त गरेको छ । छात्र र छात्रा गरी २४ वटा विधा समावेश गरिएको प्रतियोगितालाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नु हुदै प्रदेश सदस्य श्रेष्ठले खेलकुदको बिकासले युवा सशक्तीकरण हुने बताउदै ग्रामीण स्तरबाट यसको शुरूवात गर्नुपर्ने बताउनुभएको । कार्यक्रममा स्थानीय तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष अध्यक्ष मुक्त बहादुर सारुले खेलकुदको बिकास गर्न गाउँपालिका जहिले पनि तत्परता रहेको बताउनुभयो ।

जम्मा १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहको सन्चालन सदस्य सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।


प्रकाशित : २०७९ माघ १६ गते १९:५३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology