पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

जनक राज भट्टराई
प्रकाशित : २०७९ चैत १ गते १०:२४

पाल्पा,चैत्र-१
बगनासकाली गाउँपालिका ८ बराङ्दी फालहाले का ज्योतिनाथ घिमिरेको घरमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पड्किएको हो। सिलिण्डर पड्किदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएको स्थानीय पत्रकार दयाराज न्यौपानेले बताए।
न्यौपानेका अनुसार घाइतेको हात र मुखमा सामान्य चोट लागेको छ। घरमा भने क्षति पुगेको छ।

स्थानीयको सहयोगमा आगो निभाइएका कारण थप क्षति हुनबाट रोकिएको छ।
घटनालगत्तै प्रहरीलाई खबर गरिएको पत्रकार न्यौपानेले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।


प्रकाशित : २०७९ चैत १ गते १०:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology