जेठ ११ गते विहिवारका  जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रविधि तथा गुणस्तर  नियन्त्रण   कार्यालय, पूर्वखोला गाँउकार्य पालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय पूर्वखोला लगायतका अन्य सरोकार हरुको सम्वन्धीत निकायका महानुभावहरूको संयुक्त सहभागीतामा पूर्वखोला गाँउपालिका, ३को  विभिन्न पसलहरुको अनुगमन गरिएको छ । 
अनुगमनको क्रममा म्याद नाघेका तथा अखाद्य बस्तुहरु जलाएको छ । अनुगमनको क्रममा पसल तथा होटेल बाट भेटिएका स्याफु, मसला, सेनेटरी प्याड, प्याम्पस , वियर , दालमोट , बदाम जुस , लिची जुस , चाउमिन , झिनिया, चक्लेट लाई ड्रपिङ्ग साईडमा जलाईएको छ ।
अनुगमन गर्दा, म्याद सकिएको अखाद्य वस्तु बिक्री नगर्ने, दैनिक उपभोग्य सामानको मुल्य सूची सबैले देखने ठाउँमा टाँस गर्नु पर्ने, व्यवसाय दर्ता गरेर सञ्चालन गर्नु पर्ने, जस्ता सुझावहरू व्यवसायी हरुलाई दिईएको छ ।
अनुगम पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागीरथी भट्टराई , पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत  मन बहादुर सारु, जिल्ला प्रसासन कार्यालयका प्रमुख रमा श्रेष्ठ , देवीराम भण्डारी , कर सेवा कार्यालय अधिकृत गिता पाण्डे ,नरेश श्रेस्ठ , पूर्वखोला गाउँपालिका योजना अधिकृत विनोद नेपाल , वडा सद्स्य बासुदेव न्यौपाले , कन्दरा न्युज का व्यवस्थापक नवीन आचार्य लगाएतको टिमले अनुगमन गर्नु भएको हो  ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०८० जेठ  ११ गते २१:३५
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment