उज्यालो निस्दी कार्यक्रम निरन्तर चल्ने

प्रेम बहादुर बाकाबल
प्रकाशित : २०८० कार्तिक २१ गते ६:२३

उज्यालो निस्दी कार्यक्रम निरन्तर चल्ने

२०८० कार्तिक,
उज्यालो निस्दी कार्यक्रम अन्तर्गत निस्दी गाउँ पालिकाको सातै वडामा सेन्सर बत्ति जोड्ने काम तिव्र गतिमा भइ रहेको छ।
निस्दी गाउँ पालिकाको आ व २०८०/ ८१ को वार्षिक कार्यक्रम अनुसार रु १० लाख विनियोजन गरेको प्रवक्ता मेखबहादुर सुनारिले जानकारी गराउनुभयो।
प्रवक्ता सुनारिका अनुसार यो कार्यक्रम अन्तर्गत चरण चरण गरि पालिका को सबै टोलमा बत्ती बल्ने छ। पहिलो चरणमा पालिका को वडा नम्बर ४ मित्याल, वडा नम्बर ५ गल्धा र वडा नम्बर ६ अर्चलेमा केही मात्रामा बत्ति जडान भैसकेको छ।
यस आ व को वार्षिक कार्यक्रम अन्तर्गत वडा नम्बर १ बाकामलाङ्गमा १४ वटा , वडा नम्बर २ सहलकोटमा १३ वटा , वडा नम्बर ३ झिरुबासमा १३ ,वडा नम्बर ४ मित्यालमा १४, वडा नम्बर ५ गल्धामा ९, वडा नम्बर ६ अर्चलेमा ९ र वडा नम्बर ७ ज्यामिरेमा१३ गरि ८५ वटा बत्ती जडान गर्न लागिएको निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी गराउनुभयो।
उपाध्यक्ष तिरण कुमारी श्रेष्ठका अनुसार यो कार्यक्रम सबै टोलमा बत्ती नपुगेसम्म निरन्तर रुपमा चल्ने छ।
अहिले वडा नम्बर १ बाकामलाङ्ग देखि काम शुरु भैसकेको वडा नम्बर २ का वडा अध्यक्ष फत्ते सिं दर्लामीले जानकारी गराउनुभयो।


प्रकाशित : २०८० कार्तिक २१ गते ६:२३

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology