हुमिनबजार पनि ४ दिन शिल

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ भदौ २८ गते १६:१९

हुमिन स्वास्थ चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण फेला परेपछि रम्भा गाउँपालिकाको वडा नं.-४,हुमिनबजार क्षेत्र शिल गरिएको छ ।
रम्भा-४,हुमिन वडा कार्यालयले एक सुचना जारी गर्दै भाद्र २८ गते साँझ ६ बजे देखि लागु हुने गरि असोज १ गते सँझ ६ बजेसम्मका लागि पुर्वमा खिर्राभञ्ज्याङ,जल्पादेवी मन्दिर,पश्चिममा नवकिरण प्रा.वि.,घ्याङसिङपोखरा,उत्तरमा मसेम सम्मखर्क र दक्षिणमा पन्थारडाँँडा चौकिल्ला कायम गरि शिल गरिएको जनाएको छ ।
कन्ट्याक्ट् ट्रेसिङको आधारमा संक्रमितको सम्पर्कमा रहेका अन्य सम्भावित व्यक्तिहरुको स्वाब संकलन भोलि भाद्र २९ गते स्थानिय जनहित भगवती मा.वि.मा दिउँसो १:०० बजे गरिने बताइएको छ ।
निषेधित मितिसम्म सो क्षेत्रमा कुनै प्रकारको आवतजावत,सवारी आवागमन ,पसल,व्यापारव्यवसाय समेत बन्द गरिएको छ । साथै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भईरहेकोले स्थानीय हरुलाई समेत अनावश्यक हिँडडुल नगर्न अनुरोध गरिएको छ ।


प्रकाशित : २०७७ भदौ २८ गते १६:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology