आर्थिक समस्यामा रहेका तुल बहादुर सारुको ११ बर्षे छोरिको खुट्टाको अपरेसन गर्न जुट्यो सहयोग

कन्दरा सम्बाददाता
प्रकाशित : २०७७ भदौ १७ गते १२:५४

पूर्वखोला गाउपालिका -३ भाल्कुन बस्ने तुल बहादुर सारुको ११ बर्षे छोरी सुकमया सारुको देब्रे खुट्टा कुहियको र त्यसको अप्रेसन गर्नको लागि आर्थिक अभाव ले गर्दा स्थानिय युवा र बालकल्वले सहयोगमा जुटेको शृजनसिल बालकलवका अध्यक्ष लेखन सारुले बताउनु भयो । युवा तथा बालबालबालिका आर्थिक सहयोगमा जुटेका छन । शृजनसिल बाल कल्व र जन जागरण युवा कल्वको सहकार्यमा तुल बहादुर सारुको धर्म पत्नी किमि सरा सारुद्धारा सुकमाया सारुको खुट्टाको अप्रेसनको लागि नगत रु १५ हजार दिएर सहयोग गरेको जन जागृती युवा कलवका अध्यक्ष देव सिं थापले जानकारी गराउनु भयो । उनको तानसेन स्थित युनाइअटेड हस्पिटलमा उपचार भैरहेको छ ।


प्रकाशित : २०७७ भदौ १७ गते १२:५४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology