पाल्पा,भाद्र २४
गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमण जोखिम निराकण लागि समुदाय स्तरमा स्वाब संकलन गर्ने काम सकिएको छ । धेरै जना सँग बढी प्रभाभित व्यक्तित्वहरू,सामाजिक जिम्मेवारीका व्यक्ति,स्वस्थ्य कर्मी,खाद्यान्न,होटल,फेन्सी,गाडी चालक, लगाएत अन्य व्यवसायिहरुको स्वब संकनल गरिएको छ । पूर्वखोलाको जल्पा,देवीनगर,हेकलाङ सिलुवा , विरकोट , रिङ्नेरह सबैमा गरि जम्मा १८३ जनाको स्वब संकलन गरेको र यो स्वाब जन स्वास्थ्य कर्यालय भैरहवा प्रयोगशाला पठाउने पूर्बखोला स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिनु भयो। यो स्वाब सकल पश्चात् मात्र पालिकामा भरिमा कोरोना सक्रमण भएको नभएको बुझ्न सकिने भएकाले नमुना संकलन गरिएको गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी गराउनु भयो ।










प्रकाशित : २०७७ भदौ २४ गते २०:०९
Facebook Comment