नेपालगन्ज । बाँकेमा सोमबार ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

Kandara News
प्रकाशित : २०७७ असोज ५ गते १९:२२

नेपालगन्ज । बाँकेमा सोमबार ५२ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परिक्षणमा ४३ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परिक्षणमा ८ जना र बागेश्वरी डाइग्नोष्टिक ल्याबमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
थपिएका अधिकांश नेपालगन्जका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५१ पुगेको छ । हालसम्म १ हजार २ सय ५० जना निको भएका छन् । ११ जनाको भने मृत्यु भइसकेको छ ।


प्रकाशित : २०७७ असोज ५ गते १९:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology