कोरोना भाइरसको संक्रमण प्रधानमन्त्री निकटका व्यक्तिहरुमा पनि देखियो

Kandara News
प्रकाशित : २०७७ असोज १७ गते २२:५८

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पनि पसेको छ। प्रधानमन्त्री ओलीका तीनजना सल्लाहाकार र प्रमुख स्वकीय सचिवसमेत कोरोना संक्रमित भएका छन्।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार डा. राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापा कोरोना संक्रमित भएका छन्। थापा र भट्टराईले सामाजिक सञ्जालमार्फत आफूहरु संक्रमित भएको जनाएका छन्।

यस्तै ६७ सुरक्षाकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ -शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।

उनीहरु सबैको गएको शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा उनीहरुमा संक्रमण देखिएको हो।

प्रधानमन्त्री ओलीका निकटका व्यक्तिहरुमा कोरोना देखिएपछि उनको पनि परीक्षण गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।


प्रकाशित : २०७७ असोज १७ गते २२:५८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology