स्याफत देउराली अर्खलडाडा अल्किचौर तामाखानी मोटरबाटो स्तरउन्नतिका लागि तत्काल पहल गर्ने – उम्मेद्वार श्रेष्ठ

Kandara News
प्रकाशित : २०७९ कार्तिक २५ गते २०:५८

समग्र विकासका लागि मेरो उम्मेद्वारी ः श्रेष्ठ
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदवार राजुप्रसाद श्रेष्ठले यस क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै गर्दा घरदैलो तथा टोलभेलामा व्यस्त श्रेष्ठले मतदातालाई यस्तो बताएका छन् । उनले सडक पूर्वाधार,शिक्षा, खानेपानी,स्वास्थ्य लगायतका क्षेत्रमा जनताको भावना अनुसार काम गर्ने बताउनुभयो । विकासको पर्चुर सम्भावना बोकेको क्षेत्र पूर्वीपाल्पामा आगामी दिनमा गूरु योजना बनाएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले विगतका वर्षमा पनि यस क्षेत्रको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै अवको विकासको निकास पनि एमाललेनै दिने बताउनुभयो ।
उम्मेदवार श्रेष्ठ पूर्बखोला गाउँपालिकाक ३ का मतदाता संग भेटघाटमा प्राप्त सुझावलाई सम्वोधन गर्दै स्याफट देउराली अर्खलडाडा अल्किचौर तामाखानी मोटबाटो स्तरउन्नतिका लागि तत्काल पहल गर्ने बताउनुभयो । उहाँले पुर्बखोलावासी सङ्ग आफुले जिते पछि एमालेको घोषणा पत्र अनुसार काम गर्ने बताउनुभयो । यसका साथै यस क्षेत्रका जनताको खानेपानीको समस्या समाधानका लागि एक घर ,एक धाराका लागि चुनिया लिफ्ट खानेपानी योजना सञ्चालनको सुनिश्चित गर्ने बताउनुभयो । यसका साथ उम्मेदवार श्रेष्ठले कृषि, पर्यटन र कृषि उपजको बजारीकरण समेत ध्यान दिने बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक २५ गते २०:५८

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology