दाम्लोले बाधिएको बालकको उद्धार हुँदै ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७९ मंसिर २६ गते १०:१८

दाम्लोले बाधिएको बालकको उद्धार ।
पाल्पा , पूर्वखोला
पूर्वखोला गाउँपालिका -१ सिलुवा ढाक्रेबासमा दाम्लोले बाधिएका माधव सारु र उसका दाजु नारायण सारुको पहिलो चरणको उद्धार कार्यक्रम सुरु भएको छ ।
१२ बर्षे माधव सारु र नारायण सारु सुस्तमनस्थितिका अपाङ्ग रहेका थिए । भाइ माधव सारुलाई बाँधेरै राखिएको थियो । दाम्लोले नबाधेर राख्दा बारम्बार हराउने हुदा माधव सारु दाम्लोको भरमै रहन्थे ।
यो संगै पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर सारु , लेखा अधिकृत सुमन भट्टराई , शिक्षा शाखा संयोजक लोकहरी देबकोटा र स्वास्थ्य संयोजक मोहन ढकालको टिम माधव सारुको घरमा पुगेको थियो ।
अवस्था अवलोकनमा पुगेका गाउँपालिकाको टिमले तत्काल औषधि को लागि व्यवस्थापन गरेको पूर्वखोला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान वहादुर सारुले बताउनु भयो । सारुले पूर्वखोला गाउँपालिकाको तर्फबाट १० हजार र पूर्वखोला गाउँपालिकामा कार्यरत कर्मचारीबाट १० हजार गरि नगद २० हजार उनिहरूका बुवालाई हस्तान्तरण गरिएको बताउनु भयो । सो रकम बाट पहिलो चरणको स्वास्थ्य परिक्षण हुने सारुले बताउनु भयो ।


पूर्वखोला गाउँपालिका को स्वास्थ्य कर्मचारीको साथमा र गाउँपालिको एम्बुलेन्स प्रयोग गरि पहिलो चरणको स्वास्थ्य परिक्षणको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताउनु भयो ।

ती बालवालिकाको शिक्षाको लागि स्वास्थ्य अवस्था मा सुधार पश्चात कस्तो विद्यालयको छनोट गर्ने भन्ने बारे पूर्वखोला गाउँपालिकाले समन्वय गर्ने पूर्वखोला गाउँपालिका शिक्षा शाखा संयोजक लोकहरी देवकोटाले बताउनु भयो ।
कन्दरा न्युज बाट प्रकाशित सामाग्री https://www.kandaranews.com/2022/12/08/6954/विद्यालयमा हुनुपर्ने बालक दाम्लोमा बाँधिए !


प्रकाशित : २०७९ मंसिर २६ गते १०:१८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology