वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२को भव्य उद्घाटन सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८२ असोज २६ गते २१:३९

 


असोज २६, रामपुर (रमा भण्डारी)
रामपुरमा आयोजना भएको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप २०८२ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।
रामपुरको गौरवमा तपाईंको योगदान” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठले गर्नु भयो।

कार्यक्रम संस्थाका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि श्रेष्ठले उद्घाटन भाषणमा रामपुरमा सुरु भएको फुटबल मैदान निर्माण अभियानले स्थानीय गौरव र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले खेलकुदलाई युवाको क्षमता विकास र सकारात्मक सोच निर्माण गर्ने प्रभावकारी माध्यमका रूपमा वर्णन गर्नुभयो।

उद्घाटन खेलमा युथ युनियन तानसेन, पाल्पाअभिषेक चर्च रजघर, नवलपुरबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा अभिषेक चर्च रजघरले ३–२ गोल अन्तरले जित निकाल्दै विजयी सुरुवात गरेको हो।

प्रतियोगिता आयोजनाको उद्देश्य खेलकुदमार्फत युवामा आपसी सहयोग, सकारात्मक सोच र स्थानीय फुटबल प्रतिभा पहिचान गर्न रहेको क्लवका प्रतिनिधिहरूले जनाएका छन्।

कार्यक्रममा क्लवका सल्लाहकार कृष्ण पौडेलले सहभागी टोलीहरूलाई स्वागत गर्दै क्लबको परिचय प्रस्तुत गर्नुभएको थियो। संचालन सल्लाहकार ध्रुव पोखरेल र सदस्य खुम सारुले गर्नुभएको थियो।

प्रतियोगिताको विजेताले रु. ३ लाख ५० हजारसहित ट्रफी, उपविजेताले रु. २ लाख, सेमिफाइनल पराजित टोलीहरूले जनही रु. २५ हजार, सर्वोत्कृष्ट खेलाडीले रु. १७ हजार, र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, इमर्जिङ प्लेयर तथा उत्कृष्ट प्रशिक्षकले जनही रु. ८ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिता कार्तिक ३ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक समितिले जानकारी दिएको छ।


फिचर पोस्ट


प्रकाशित : २०८२ असोज २६ गते २१:३९

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology